काठमाडौँ,९ असार ।
स्वास्थ्य बिमाको रकम अनियमितता गरेकाे आराेपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रादेशिक अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकर प्रसाद सुवेदीसमेत ३ जना बिरूद्व बिशेष अदालतमा भ्रष्टाचार गर मुद्धा दायर गरेको छ ।
उनिहरूले स्वास्थ्य बिमाको रकम अनाधिकृत रुपमा बिलिङ्ग काउन्टरमा प्रबेश गरी बिलिङ्ग गर्ने गरेको र बिलिङ्गबाट प्राप्त रकम बैंक दाखिला नगरी २५ लाख ६७ हजार ५२६ हिनामिना गरेको आरोपमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।
अख्तियारले मुद्धा दायर गरेकाहरुमा प्रादेशिक अस्पताल, सुर्खेतका लेखा अधिकृत शंकर प्रसाद सुवेदी, तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाही र प्रादेशिक अस्पताल,सुर्खेतस्थित कुमारी बैंकको एकस्टेन्शन काउण्टरका तत्कालीन ईन्चार्ज गोमा सिंजाली भन्ने गोमा सिंजाली मगर रहेका छन् ।








