काठमाडौं,८ असार ।
राजधानी काठमाडौको सुन्धारामा अवस्थित काठमाडौं मलमा आयुर्वेदिक सिटी वेलनेस प्रा.लि.सञ्चालनमा आएको छ ।
प्रा लि को शनिबार एक कार्यक्रमका बीच वन तथा वातावरण राज्य मन्त्री रूपा विकले उद्घाटन गरेकी हुन् ।
त्यस अवसरमा राज्यमन्त्री बिकले स्वदेशमै सम्भावनाको खाेजी गरेर नयाँ ब्यवसाय सञ्चालन गर्नु आफैमा राम्रो काम भएको भन्दै यसले कामको खाेजीमा भाैतारीरहेका युवाहरूलाई काम गर्ने इक्षाशक्ति र जागर भए नेपालमा पनि विभिन्न किसिमका सम्भावना एवं अवसरहरू छन् भन्ने सन्देश प्रवाह गर्ने बताइन् ।
कार्यक्रममा भिनेत्री, मोडल तथा फेसन डिजाइनर क्षितिजा शाक्यले महिलाकाे नेतृत्वमा यस्तो व्यवसाय सुरु हुनु सकारात्मक पक्ष भएको भन्दै यस्ता नविनतम कामबाट अरूले पनि पाठ सिक्न जरुरी रहेको उल्लेख गरिन् ।
व्यवसायिक क्षेत्रमा महिलाको सशक्त उपस्थिति र प्राकृतिक जीवनशैलीको प्रवद्र्धन गर्ने उद्देश्यका साथ लक्ष्मी मल्ल र देव सागरको नेतृत्वमा यो संस्था औपचारिक रूपमा संचालनमा आएको हो । लामो समयदेखि व्यवसायिक क्षेत्रमा सम्भावना खोजिरहेकी लक्ष्मी मल्ल र व्यवसायिक दृष्टिकोणमा सशक्त सोच राख्ने देव सागरले मिलेर नेपाली समाजमा आयुर्वेद र वेलनेसको नयाँ दिशा दिने प्रयास गरेका हुन् ।
राजधानीको सुन्धाारा क्षेत्रको काठमाडौं मलमा अवस्थित शप नं ४०८ बाट वेलनेस सेन्टरकाे सेवा प्रदान गर्ने जनाइएको छ । ‘नेचुरल हिलिङ’, ‘ब्युटी थेरापी’, ‘मेंटल रील्याक्सेसन’ जस्ता सेवा दिइने यो केन्द्रले आयुर्वेदलाई आधुनिक शहरी जीवनशैलीसँग जोड्ने प्रयास गरेको सञ्चालककाे भनाइ छ ।
सञ्चालक लक्ष्मी मल्लले नेपाली समाजमा आयुर्वेदको महत्त्वलाई पुनःस्थापित गर्ने उद्देश्य रहेको बताइन् । वेलनेस सेन्टरले प्राकृतिक उपचार, सौन्दर्य सेवा र मानसिक सन्तुलनमा आधारित सेवा प्रदान गर्ने जानकारी दिँदै उनलेे भविष्यमा आयुर्वेदिक सिटी वेलनेस प्रा.लि. को शाखा देशभर विस्तार गर्ने योजना रहेको बताइन् ।








