चितवन,७ असार ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा दुई सवारीसाधन एकआपसमा ठाेक्किदा सात जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।

चितवन प्रहरीका अनुसार धनगढीबाट काँकडभिट्टा तर्फ जादै गरेको प्रदेश१-०१-००१ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढ तर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ज २९९ नम्बरको ईभी गाडी एकआपसमा ठक्कर खाँदा दुर्घना भएकाे हाे ।

दुर्घनामा परी ज्यान गुमाउनेमा मकवानपुर हटिया ३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती, मकवानपुर हेटौंडा ५ का ५३ वर्षिया मैंयाकुमारी न्यौपानेलगायत सात जना रहेका छन् । अन्य मृतकहरूकाे सनाखत हुन सकेको छैन ।

दुर्घटनामा २४ जना घाइते भएका र उनीहरूलाई उपचारको लागि भरतपुर पठाइएको प्रहरीले जनाएकाे छ ।

दुबै सवारी साधन घटना स्थलमै भएको कारण दुबै तर्फ सडक अवरुद्ध छ ।