काठमाडौँ,६ असार ।
भ्रष्टाचार मुद्दामा नागर्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेत दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य रामबहादुर थापाको इजलासले उनलाई दोषी ठहर गरेको हो ।
उनीविरुद्ध २०८१ पुष १४ गते मुद्दा दायर भएको थियो ।
बस्नेतले राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ लिएको ठहरसहित सम्पती शुद्धिकरणमा समेत दोषी ठहर गरेको छ ।
१३ करोड १२ लाख रुपैयाँ अवैध सम्पतीलाई वैध गरेको पाइएको पनि अदालतकाे ठहर छ ।
उनीविरुद्ध के सजाय हुने भन्नेबारे आदेश गर्न भने विशेष अदालतले असार १६ गतेलाई पेसी तोकेको छ ।






