काठमाडौ,३ असार ।
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र धरौटी बुझाएर छुटेका छन् अदालतबाट बाहिरिएका छन् ।
गत चैत १५ गते काठमाडौंकाे तीनकुने घटनामा संलग्न भएको आरोपमा मुद्दा खेप्दै आएका मिश्रलाई मंगलबार काठमाडौं जिल्ला अदालतकी न्यायाधीश तारादेवी महर्जनको इजलासले ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतकाे आदेश लगत्तै, उनी धरौटी बुझाएर अदालतबाट बाहिरिएका हुन् ।
मिश्र आज आफैं काठमाडौ जिल्ला अदालत उपस्थित भएका थिए ।
मिश्रविरुद्ध यही जेठ ११ गते राज्य विरुद्धको कसुर, आपराधिक उपद्रव, सङ्गठित अपराध र एकीकृत कसुरमा सजाय हुन माग दाबी गरी मुद्दा दर्ता भएको थियो ।
गत चैत १५ गते राजावादीले आयोजना गरेको प्रदर्शन भड्किएर हिंसात्मक बनेको थियो । २ जनाको मृत्यु हुने गरी भएको घटनामा मिश्रले उत्तेजक अभिव्यक्ति दिएकाे प्रहरीको भनाइ छ ।
सोही घटनामा संलग्न रहेको आराेपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई भने अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।






