काठमाडौं,२ असार ।
पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

साेमबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराज भण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो ।

आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए ।

प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।

पत्रकार पाठक बिरूद्व पक्राउ पुर्जी जारी भएकोमा नेपाल पत्रकार महासंघसहित संचार सम्वद्व संघ संस्थाहरूले बिराेध गरेका थिए भने सामाजिक सञ्जालहरूमा समेत व्यापक आलोचना भएको थियो ।