काठमाडौं,२ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरूकाे अबरोधका बाबजुद प्रतिनिधि सभाको बैठक शुरु भएको छ ।

आजको बैठक शुरु हुना साथ रास्वपा र राप्रपाका सांसदले उठेर अवरोध गरेका थिए । सभामुख घिमिरेले संसदको कार्यसूची अगाडी बढाएपछि रास्वपाका सांसदले नाराबाजी शुरु गरेका थिए ।

सभामुख देवराज घिमिरेले संसलकाे कारबाही अगाडि बढाइरहदा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

रास्वपाले संसदमा नाराबाजी जारी राख्दा राप्रपाले आजको बैठक पनि बहिष्कार गरेको छ ।

भिजिट भिसा प्रकरणमा माओवादी केन्द्र सहमतिमा आएपनि रास्वपा र राप्रपाले आफ्नो अडान छोडेका छैनन् ।