काठमाडौँ,२ असार ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन भएको छ । काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचारका क्रममा सोमबार बिहान ९० वर्षकोउमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
२०४८ सालमा अर्धाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका शास्त्री २०४८ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री बनेका थिए । ।
समाजवादी चिन्तकको रुपमा परिचित शास्त्री नेपाली कांग्रेस अर्घाखाँची जिल्ला सभापति हुदै लामाे समय नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहेका थिए ।
शास्त्रीका दुई छोराहरु विदेशमा रहेकाले आउने क्रममा छन् । उनीहरु आएपछि मङ्गलबार मात्रै पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।






