काठमाडौँ,३० जेठ ।
हाल कोसी प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेशका थोरै स्थान, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति देशभर विभिन्न स्थानमा पानी पर्ने क्रम जारी रहनेछ । यस क्रममा राति कोसी प्रदेशका केही स्थान तथा मधेस प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ । कोसी प्रदेशका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातकाे समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।
महाशाखाद्वारा शुक्रबार साँझ ६ बजे जारी चेतावनी तथा परामर्शमा भनिएको छ : कोसी प्रदेश र बागमती प्रदेशका केही स्थान साथै मधेस प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
मौसम महाशाखाका अनुसार अहिले कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेको छ भने देशका बाँकी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ ।









