नवलपरासी,२९ जेठ ।
बाढीले डाईभर्सन बगाएपछि अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग
अन्तर्गत बुटवल-नारायणगढ सडक सुचारु भएको छ ।

पुर्वी नवलपरासीकाे दुम्किवास स्थित विनयी खोलामा बनाइएको डाईभर्सन बाढीले बगाउँदा अवरुद्ध रहेको राजमार्ग डाइभर्सन बनाएपछि दुइतर्फी सुचारु भएको डिभिजन सडक कार्यालय भरतपुरले जानकारी दिएको छ ।

विनयी खोलाको पुल भाँचिएपछि खोलामाथि डाईभर्सन बनाएर यातायात सञ्चालन गरिँदै आएपनि बिहीबार बिहान आएको बाढीले डाईभर्सन बगाएपछि राजमार्ग अवरुद्ध बनेको थियो ।

डाईभर्सन बनेसँगै राजमार्गमा राेकिएका सवारीसाधन आ आफ्नो गन्तव्य तर्फ लागेका छन् ।