काठमाडौँ,२७ जेठ ।
आज दिउसो लुम्बिनी प्रदेश र काेशी प्रदेश लगायत देशका पहाडी भू-भागकाे माैसम आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहने माैसम विज्ञान विभाग,माैसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार लुम्बिनी प्रदेश र काेशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च-पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ ।
हाल देशको पश्चिम र मध्य भू-भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहनुका साथै कोशी प्रदेशका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ ।








