काठमाडौं,२५ जेठ ।
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरूद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रबन्ध निर्देशक पहाडीसहित १८ जना विरुद्ध बिशेष अदालतमा भ्रष्टचार मुद्दा दायर गरेको हो ।
उनिहरू बिरूद्व ३३ करोड ४७ लाख रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर गरिएको बिशेष अदालतले जनाएको छ ।
प्रवन्ध निर्देशक पहाडीसहित अन्य काे कसका बिरूद्व मुद्दा दायर भएको हो भन्ने बारे विस्तृत बिवरण आउन बाँकी छ ।




