अर्को बैठक आइतवार दिउँसो १ बजे बस्ने
काठमाडौँ,२३ जेठ ।
प्रतिनिधि सभाको बैठक आज पनि बस्दै नबसी स्थगित भएको छ । आजपनि बैठक बस्न सक्ने अवस्था नबनेकाे भन्दै
प्रतिनिधि सभाको बैठक आइतवार दिउँसो १ बजेसम्मका लागि स्थगित गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउने प्रयास गरे पनि सफल हुन नसकेकाे हो । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरुका साथै कांग्रेसका नेताहरुसँग पनि छलफल गरेका थिए ।
माओवादी केन्द्रले संसदमा गृहमन्त्रीलाई बोल्न दिने र भिजिट भिसा प्रकरणको छानबिन समिति गठन गरेर यो विषयको ‘सेफ ल्यान्डिङ’ खोजेको बताइएको छ । तर सत्ता पक्ष भने हाल भिजिट भिसा प्रकरणको अख्तियारले छानबिन गरिरहेकोले अर्को समिति वा आयोग बनाउन आवश्यक नरहेको अडानमा छ ।






