काठमाडौँ,२० जेठ ।
प्रतिनिधिसभाको बैठक बस्दै नवसी सुचना टासेर स्थगित भएको छ ।
आज बिहान ११ बजेका लागि बैठक बोलाइएको बैठक बस्दै नबसी सुचना टासेर स्थगित गरिएको हो । बिहान ११ बजेका लागि बैठक बोलाइएकोमा सदन सञ्चालनका विषयमा दलहरूबीच सहमति नजुटेकाले बैठकको समय दिउँसो १ बजेका लागि सारिएको थियो । तर, पनि दलहरूबीच ठोस सहमति हुन नसकेपछि सुचना टासेर भाेलिसम्मका लागि बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।
भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दलले सदन अवरुद्ध गर्दै आएका छन् ।






