काठमाडौँ,१८ जेठ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।
आइतबार राजावादी समूहले राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
थापासहित अन्य केही राजावादीलाई पनि प्रहरीले पक्राउ गरेको प्रदर्शनमा सहभागीहरूले बताएका छन् ।
प्रदर्शनकारीहरू नारायण चौरबाट बालुवाटारतर्फ अघिबढेपछि प्रहरीले हस्तक्षेप गरी थापासहितका अन्य केही प्रदर्शनकारीलाई पक्राउ गरेको हो ।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुद्ध काठमाडौ केन्द्रित प्रदर्शन गर्दै आएका छन् ।






