काठमाडौ,१७ जेठ ।
राजधानी काठमाडौंमा जारी राजावादीहरूको प्रदर्शनका क्रममा घुसपैठ गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिलाई भद्रकालीस्थित प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । राजसंस्था पुनर्स्थापनाको माग राख्दै गरिएको आन्दाेलनकाे तेस्रो दिनको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राप्रपा नेपालको समर्थनमा १५ जेठदेखि काठमाडौंमा राजसंस्थाको माग राख्दै प्रदर्शन भइरहेको छ । शनिबार दरबारमार्ग क्षेत्रमा प्रदर्शन गर्ने योजना भए पनि उक्त क्षेत्रलाई निषेधित घोषणा गरिएपछि राजावादीहरू अहिले शान्तिबाटीका क्षेत्रमा भेला भएर प्रधानमन्त्री निवास बालुवाटार तर्फ़ अघि बढ्ने प्रयास गरेका छन् ।






