बुटवल,१६ जेठ ।
सवारी चालक अनुमतिपत्र लाइसेन्स सच्याएकाे आराेपमा यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र,रुपन्देहीका तत्कालीन तीन जना कम्प्युटर अपरेटरविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्धा दायर गरेको छ ।

अख्तियारले तत्कालिन कम्युटर अपरेटर कमल पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगरले यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्रमा कार जीप र डेलिभरी भ्यानको अनुमति थपेर विवरण परिवर्तन गरी प्रणालीमा समेत परिवर्तन गरी अद्यावधिक गरी गराई दिएको आरोपमा विशेष अदालत, काठमाडौमा आरोपपत्र दायर गरेको हो ।

उनिहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ अन्तर्गतको कसुरमा सोही ऐनको दफा ९ र दफा ११ बमोजिम कैद र जरिवाना सजाय मागदाबी गरिएको अख्तियारले जनाएको छ ।