काठमाडौँ,१४ जेठ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले आज पनि संसद् बैठक अवरुद्ध गरेका छन् ।
संसद बैठक सुरु भए लगत्तै विपक्षी दलका सांसदहरूले उठेर बिराेध जनाएका थिए ।
विपक्षी दलका सांसदहरूकाे अबरोधपछि सभामुख देवराज घिमिरेले आधाघण्टाका लागि बैठक स्थगित गरेका छन् ।
साे प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको भए पनि विपक्षी दलहरूले भने यस प्रकरणमा उच्चस्तरीय छानबिनको माग गरेका छन् ।
सत्तापक्षका सांसदले भने कर्मचारीमाथि अनुसन्धान सुरु हुँदैमा मन्त्रीले राजीनामा दिन जरुरी नरहेको तर्क गरेका छन् ।






