काठमाडौँ,१३ जेठ ।
विपक्षी सांसदको अबरोधपछि प्रतिनिधिसभा बैठक आधा घण्टाका लागि स्थगित भएको छ ।

मंगलबारको बैठकमा विपक्षी दलहरूले भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग गरेका छन् ।

तर, सभामुख देवराज घिमिरेले सत्ता पक्षका सांसदलाई बोल्न समय दिएसँगै विपक्षी सांसदले नाराबाजी गरेका थिए ।
विपक्षी सांसदले नाराबाजी जारी राखेपछि सभामुख घिमिरेले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन् ।

प्रतिनिधि सभामा आज अर्थमन्त्री बिष्णु पाैडेलले आर्थिक सर्वेक्षण प्रस्तुत गर्न कार्यसुचि रहेको थियो ।