नवलपरासी,१३ जेठ ।
पूर्वी नवलपरासीकाे अम्रसा जंगलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ भने एक गम्भीर घाईते भएका छन् ।
जिल्ला प्रहरी कार्यलय नवलपरासी पूर्वका सूचना अधिकारी प्रनाउ मधु नेपालका अुनसार दूर्घटनामा परि मध्यविन्दु ७ चाेरमाराका २२ वर्षीय रादिम मिधुन र २४ वर्षका नवीन कुमालकाे मृत्यु भएको हो ।
दुर्घटनामा नवलपरासी पश्चिम बर्दघाट ५ घरभई चाेरमारामा टायल मार्वलकाे काम गरि बस्ने २८ वर्षीय मनिष घर्ती मगरकाे अवस्था गम्भीर रहेकाेले थप उपचारका लागि भरतपुर पठाइएकाे प्रहरी नायव उपरीक्षक नेपालले बताए ।
उत्तर अम्रसा गाउँबाट चाेरमारा तर्फ आउँदै गरेकाे ३ जना सवार लु ९ प ८११६ नम्वरकाे हाेन्डा साईन माेटरसाईकल मंगलबार बिहान अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
बिहान ६ बजे भित्री सडकमा भएको उक्त दुर्घटनाका घाईतेलाई उपचारार्थ मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा ल्याईएकाेमा ६ :३० बजे चिकित्सकले २ जनालाई मृत घाेषणा गरेका थिए ।






