जनकपुर,१२ जेठ ।
दुई साँढेको जुधाइमा परेर जनकपुरमा एकजनाको मृत्यु भएको छ ।
मृत्युु हुनेमा जनकपुरधाम उपमहानगरपालिका ७ का ५० वर्षीय सत्तार राइन रहेका छन् । स्कुटरमा सवार सत्तारकाे गयराती सडकमा दुई साँढे बीचको जुधाइमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जनकपुरधाम ६ पेठियाबजारबाट मधेश प्र.०२–००७ प ९२६६ नम्बरको स्कुटरमा प्रादेशिक अस्पतालतर्फ गइरहेका बेला गयराति साढे ८ बजेतिर सडकमा जुधिरहेका साँढेसँग ठोक्किँदा राइन गम्भीर घाइते भएका थिए ।
उनलाई तत्कालै नजिकैको जानकी हेल्थ केयरमा उपचारका लगिए पनि चिकित्सकले मृत घोषणा गरेको धनुषाका प्रहरी प्रवक्ता,प्रहरी नायव उपरीक्षक बरुण बहादुर सिंहले जानकारी दिए ।







