कपिलवस्तु,१२ जेठ ।
ग्यास सिलिन्डर विस्फोट भएर आगलागी हुँदा कपिलवस्तुमा दाजु बहिनीको मृत्यु भएको छ ।

कपिलवस्तुकाे शुद्धोधन गाउँपालिका- ५ जयनगर हतिया दोवानी बस्तीमा आइतबार राति ग्यास चुल्होमा खाना बनाउने क्रममा जलेर दाजु बहिनीकै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी प्रमुख एसपी निरन्जन दत्त भट्टले जानकारी दि

मृत्यु हुनेमा २४ वर्षीय शिवकुमार यादव र उनकी बहिनी १८ वर्षीया सोनाम यादव रहेका छन् ।

खाना पकाउने क्रममा रेगुलेटरबाट एक्कासी ग्यास लिक भइ आगलागी भएको एसपी भट्टले बताए । आगोमा जलेर गम्भीर घाइते भएका दाजु बहिनीलाई प्राथमिक उपचारपछि राति नै थप उपचारका लागि भारतको जयनगर लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।

दुवैको शव हाल पोस्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको उनले बताए । आगलागीबाट घरमासमेत सामान्य क्षति पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।