बुटवल,११ जेठ ।
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाउँबाट पेस्तोलसहित दुई युवा पक्राउ परेका छन् ।
गएराति दुई समूहबिच भएको झडपका क्रममा पेस्तोलसहित दुई युवालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक दीपक मगराठीले जानकारी दिए । झडपमा एक जना युवा घाइते भएका छन् ।
नियन्त्रणमा लिएका युवालाई इलाका प्रहरी कार्यालय लुम्बिनीमा राखिएको छ । घाइते युवाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।







