नरनैनापुर खेलमैदानलाई अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदानकाे रूपमा विकास गर्न बजेट बिनियाेजन : नगर प्रमुख पाण्डेय
बुटवल,१० जेठ ।
बुटवलमा सम्पन्न प्रथम मेयर कप अन्तरविद्यालय क्रिकेट प्रतियोगितामा सबैभन्दा कम उमेरका खेलाडीले सबैभन्दा धेरै पुरस्कारबाट पुरस्कृत भएका छन् ।

न्यु होराइजन बाेर्डिङ स्कुलका खेलाडी ९ बर्षिय अब्राहम अली बिभिन्न तीन बिधामा उत्कृष्ट खेलाडीकाे रूपमा पुरस्कृत भएका हुन् ।

प्रतियोगिताको फाइनल खेलमा प्लेयर अफ दि म्याचबाट पुरस्कृत भएका अब्राहम अली उत्कृष्ट बलर रप्लेयर अफ दि सिरिजबाट पुरस्कृत भए ।

बिभिन्न चार बिधामा उत्कृष्ट पुरस्कार प्रदान गरिएकोमा तीनवटा पुरस्कार अली एक्लैले हातपारेकाे बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका सदस्य तथा कार्यक्रम संयोजक सराेज सिंहले जानकारी दिए ।

बुटवल बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिद्वारा यही जेठ ४ गतेदेखि ९ गतेसम्म बुटवल- १६ नरैनापुर क्रिकेट मैदानमा सञ्चालित मेयर कप अन्तरविद्यालय छात्र क्रिकेट प्रतियोगिताको उपाधि पनि न्यु होराइजनले हातपारेकाे छ ।

प्रतियोगितामा विजेता तथा उपविजेता खेलाडीलाई पुरस्कार तथा शिल्ड बितरण गर्दै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले विद्यालय तहबाटै खेलाडी उत्पादन गर्ने तथा खेलाडीलाई प्राेत्साहन गर्ने उदेश्यले बुटवल उपमहानगरपालिकाले विद्यालयस्तरीय प्रतियोगिताहरू सञ्चालन गर्दै आएको बताउदै यस्ता प्रतियोगिताले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गरे ।

शिक्षा र स्वास्थ्यका साथै खेलकुदकाे माध्यमबाट पनि बुटवललाई चिनाउन बुटवलले खेलकुदकाे क्षेत्रमा ठूलो लगानी गरेको भन्दै नगर प्रमुख पाण्डेयले र संस्कृतिको जगेर्ना नरैनापुर क्रिकेट खेलमैदानलाई राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने योजना अनुसार बुटवल उपमहानगरपालिकाले ७५ लाख छुट्टयाइएको र संघीय सरकारसँग ५ करोड रूपया माग गरिएको जानकारी गराए ।

उपप्रमुख सावित्रादेवी अर्यालले पछिल्लो समय क्रिकेट खेल प्रति युवाहरूको आकर्षण बढ्दै गएको भन्दै यस्तााखाले प्रतियोगिताले खेलाडी उत्पादनमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख गरिन् ।
बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समिति संयोजक बाेनिन पियाले बुटवल खेलकुदकाे हवकाे रूपमा विकास हुदै गएको भन्दै छात्र मात्रै नभएर अब छात्रा क्रिकेट प्रतियोगिता आयोजना गरिने बताए ।