काठमाडौं,९ जेठ ।
सहकारी ठगी मुद्दाकाे पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमाथिकाे सुनुवाइ सकिएको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा गत मंगलबारदेखि भएको सुनुवाइ आज शुक्रबार सकिएको हाे । रिटमाथिकाे सुनुवाइ सकिए पनि आदेश आउन अझै बाँकी छ ।

सुनुवाइका क्रममा आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएकाहरूकाे तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले बहस गरे ।

त्यसलगत्तै रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए ।

अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो ।

साे आदेशपछि उनि रुपन्देही जिल्ला कारागारमा थुनामा रहेका छन् ।