बुटवल,७ जेठ ।
लागूऔषध खैरो हेरोइनसहित भैरहवाबाट एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ का २० वर्षीय राहुल हरिजन रहेका छन् । उनलाई लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी बिट बसपार्क भैरहवाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका हरिजनकाे साथबाट २ ग्राम ८ मिलीग्राम ब्राउनसुगर प्रहरीले बरामद गरेको छ । सिद्धार्थनगर न.पा. ३ खजहनास्थित चिल्ड्रेनपार्कमा लागूऔषधको बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा तत्कालै खटिएको प्रहरी टोलीले उनलाइ पक्राउ गरेको प्रहरीले जनाएको छ ।
लागूऔषध ब्राउनसुगर र पक्राउ परेका हरिजनलाई जिल्ला अदालतमा पेस भएकोमा अदालतबाट ७ दिन म्याद थप भएकाे जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।







