बुटवल,६ जेठ ।
कपिलवस्तुकाे बाणगंगा नगरपालिका-१ प्रर्दशनी चोकमा ना.४ ख ८१४३ नम्बरको ट्रकको ठक्करबाट एक साइकलयात्रीकाे मृत्युु भएको छ ।
मृत्यु हुनेमा सोही बाणगंगा नगरपालिका-४ सिद्दिपुर बस्ने ५० वर्षीय तुलाराम भाट क्षेत्री रहेका छन् । सोमबार दिउँसो भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको बुटवल स्थित एडमन सिटी अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।







