कपिलवस्तु,२ जेठ ।
कपिलवस्तुको वसन्तपुरमा कारको ठक्करबाट दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कपिलवस्तुकाे बुद्धभूमि नगरपालिका–१ वसन्तपुर घर भएकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी रहेका छन् ।
कारको ठक्करबाट गम्भीर घाइते भएका उनिहरूकाे उपचारको
क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पत्थरकोट–गोरुसिङ्गे सड्क खण्डमा बाटो क्रस गर्ने क्रममा उनीहरूलाई बिएबी–९५९९ नम्बरको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका इन्स्पेक्टर विराट शर्मा पौडेलले जानकारी दिए ।
शुक्रबार बिहान पौने ६ बजेतिर सडक क्रस गर्नेछ क्रममा एक जना क्रस भइसकेको र अर्को यात्रुले तानेको अवस्थामा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उनलेे बताए ।
यात्रुलाई ठक्कर दिने कार चालक रुपन्देहीको सैनामैना घर भएका ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







