काठमाडौ,१ जेठ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
आज बसेकाे नेपाल आयल निगमकाे बैठकले पेट्रोलमा १ र डिजेल–मट्टितेलमा ३ रुपैयाँले मूल्य घटाउने निर्णय गरेको हो ।
आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको निगमले जनाएको छ ।




