दाङ,१ जेठ ।
जुवा खेलेको आरोपमा दाङको तुलसीपुरबाट आठ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–११ घर भई हाल तुलसीपुर–६ स्थित गुम्राहचोक बस्ने जुवा खेलाउने नरेन्द्र केसी, तुलसीपुर–१० का २४ वर्षीय खुमबहादुर वली, तुलसीपुर–१२ का ३० वर्षीय प्रमोद गिरी, २१ वर्षीय ओमप्रकाश चौधरी, तुलसीपुर–११ का २७ वर्षीय हिमराज शाही,तुलसीपुर–१० का २२ वर्षीय नीराजन खड्का, तुलसीपुर–१३ का २३ वर्षीय अर्जुन विक र तुलसीपुर–१६ का ३२ वर्षीय तिलकराम केसी छन् ।
उनीहरूको साथबाट २६ हजार ८ सय ६५ रुपैयाँ नगद र तास बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख,प्रहरी नायव उपरीक्षक (डीएसपी) अनिल ठकुरीले जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिका–११ घर भई हाल तुलसीपुर–६ स्थित गुम्राहचोक नजिकै शिव हितानको घरमा कोठा भाडामा लिई बस्ने नरेन्द्र केसीले जुवा खेलाइरहेका छन् भन्ने सूचनाका आधारमा पुगेको प्रहरीले बुधबार राति उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
उनीहरूलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको
प्रहरी नायव उपरीक्षक ठकुरीले बताए ।







