बुटवल,१ जेठ ।
हुण्डी कारोबारमा संलग्न रहेको आराेपमा प्रहरीले रुपन्देहीमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रूपन्देहीको मर्चवारी–८ घर भएका निदेश बानियाँ रहेका छन् ।
रुपन्देहीका प्रहरी प्रमुख,प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीका अनुसार आरोपीको साथबाट स्रोत नखुलेको १३ लाख ५० हजार बरामद भएको छ ।
उनलाई १ हजार र ५ सयको नोट सहित सिद्धार्थनगर नगरपालिका–५ स्थित मिलनचोकबाट प्रहरीले पक्राउ गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







