काठमाडौँ,३१ वैशाख ।
सोलुखुम्बुको छेस्काम आसपास केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूडको भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार साँझ ६ बजेर ११ मिनेट जाँदा ४.६ म्याग्निच्यूडकोको धक्कका महसुस भएको हो ।
सोलुखुम्बुको छेस्काम आसपास केन्द्रबिन्दु भएर भुकम्प गएको भूकम्पविद लोकविजय अधिकारीले जानकारी दिए ।
भुकम्पबाट भएको क्षतिकाे बिवरण अझैसम्म प्राप्त भएको छैन ।
भूकम्पको धक्का निरन्तर गइरहने भएकाले सबैजना सचेत हुनुपर्ने उनकाे सुझाव छ ।
यसअघि १४ वैशाखमा डोल्पाको कान्जिरोवा केन्द्रबिन्दु भएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
यस्तै १२ वैशाखमा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ म्यग्निच्यूडको भूकम्पको धक्का महसुस भएको थियो । त्यतिमात्रै नभएर ११ वैशाखमा पनि ४.२ म्याग्निच्यूडको भूकम्प रुकुम पूर्वमा गएको थियो।








