काठमाडौँ,३१ बैशाख ।
सर्वोच्च अदालतले राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

मिश्रकी श्रीमती सारिका कार्कीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले उक्त आदेश दिएको हो ।

इजलासले सरकारका नाममा कारण देखाउ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित मिश्रलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादी समूहकाे प्रदर्शन हिंसात्मक भएपछि प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो ।

राजावादी समूहकाे प्रदर्शनलाई हिंसात्मक बनाउन मिश्रकाे पनि भुमिका प्रहरीको आराेप छ ।

मिश्र डेढ महिनादेखि प्रहरी हिरासतमा रहेका छन् ।​