पोखरा,३१ बैशाख ।
पोखरा महानगरपालिका वडा नं २२ स्थित विश्वशान्ति स्तूपबाट फर्किदैं गरेको यात्रुबहाक माईक्रोबस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । ग १ ख ३८८६ नम्बरको बस विश्वशान्तिस्तुपबाट फर्किने क्रममा बुधवार दिउँसो दुर्घटनामा परेको हो ।
दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा लगिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ ।
बसमा सवार अधिकांश यात्रु भारतीय पर्यटक रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको थप विवरण आउन बाँकी छ ।








