बुटवल,३१ वैशाख ।
लुम्बिनी प्रदेश सभाको छैटौं अधिवेशन आजदेखि सुरु हुँदैछ ।छैठौं अधिवेशनकाे पहिलो बैठक आज दिउँसो १ बजे बस्नेगरी बाेलाइएकाे छ ।

प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बैशाख ३१ गतेका लागि प्रदेश सभाको छैठौं अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समओ सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रदेश सरकारको सिफारिस अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले आज दिउँसो १ बजेका लागि छैठौं अधिवेशन आह्वान गरेकाे प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

आजदेखि सुरु हुने प्रदेश सभाको छैठौं अधिवेशनकाे पहिलो पहिलो बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन आह्वान लगायतका पत्रहरु पढेर सुनाउने र दलका नेताहरूले सम्वोधन गर्ने संभावित कार्यसूची रहेको छ ।

प्रदेश सरकारले जेठको पहिलो हप्ता प्रदेश सभामा आगामी आर्थिक बर्ष २०८२/०८३ का लागि सरकाकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ ।