बुटवल,३० बैशाख ।
दाेस्राे पार्टी स्थापना दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी बुटवल-१३ ले निशुल्क दन्त शिविर सम्पन्न गरेको छ ।

मंगलबार भएको शिविरमा वडा न १३ र आसपासका १६६ जना नागरिकहरुलाई दात तथा मुख सम्बन्धी विशेषज्ञ परामर्श, दातको एक्सरे, दात निकाल्ने जस्ता आधारभुत सेवा प्रदान गरिएको थियो ।

कार्यक्रमकाे औचित्य बारे प्रष्ट पार्ने क्रममा रास्वपाका सदस्य सुदन ज्ञवालीले राज्यले सम्पुर्ण स्वास्थ्य सेवा निशुल्क प्रदान गर्नुपर्ने भन्दै जनताको आधारभुत मौलिक हकको ज्ञारेन्टी गर्न रास्वपा राजनीतीमा आएको बताए ।

गीता खनाल भट्टराईको अध्यक्षता र गोपाल घिमिरेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा प्रदेश उपसभापति शालिकराम घिमिरे, जिल्ला सभापति बुध्दी शर्मालगायतका नेता कार्यकर्ताहरूकाे सहभागीता रहेको थियो ।

९५ बर्षिय बृध्द दिनबन्दी पौडेल समेतले सेवा लिएको उक्त शिविरमा उल्लेख्य मात्रामा बृध्द बृध्दाको सहभागीता रहेको साे पार्टीले जनाएको छ । शिविरमा आधारभुत सेवा लिएर थप सेवा लिनु पर्नेलाई उक्त कार्ड लिएर गएमा बिशेष सहुलियत हुने र आर्थिक अवस्था कमजोर भएका बिरामीलाई निशुल्क सेवा दिने आधुनिक समाज डेन्टलका अध्यक्ष अमृत भुसालले बताए ।

२०८० बैशाख ३० गते पार्टी स्थापना गर्न वडामा बिशेष भुमिका खेल्ने रास्वपा नेता सुदन ज्ञवालीको पनि आजै जन्मदिन परेको हुदा उपस्थित बुवा आमालाइ चिया बिस्कुटको प्रवन्ध मिलाएका थिए । बेद प्रकाश गैरेको सम्योजनमा सम्पन्न कार्यक्रम थानेश्वर खनालले सहजिकरण गरेका थिए ।