बुटवल,३० वैशाख ।
जनमत पार्टीकी लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् ।
जनताले तिरेको करबाट पाउने पारिश्रमिक लिन उपयुक्त हुँदैन भन्ने लागेर राजीनामा दिएको उनको राजिनामा पत्रमा जनाइएको छ ।
‘राष्ट्र देश जनताभन्दा माथि कोही हुँदैन भन्ने मेरो मान्यता हो,’ उनले लेखेकी छन्, ‘…जनताले तिरेको करबाट मैले पाउने पारिश्रमिक लिन उपयुक्त छैन । तसर्थ आजै मितिबाट पदमुक्त हुन राजीनामा पेस गर्दछु ।’
यसबारे जानकारी लिन प्रदेश सभा सदस्य गुरुङको मोबाइल नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । उनको माेबाइल नम्बर डायल गर्दा स्वीच्डअफ भएको सन्देश आउछ ।
जनमत पार्टीका संसदीय दलका नेता चन्द्रकेश गुप्ताले भने गुरुङले सभामुखलाई राजीनामा पत्र पठाएको पुष्टि गरेका छन् ।
आफूले गुरुङको राजीनामा स्वीकृत गर्न सभामुखसँग आग्रह गरेको समेत उनलेे जानकारी दिए ।
जनताले तिरेको करबाट पारिश्रमिक लिन उपयुक्त हुँदैन भन्ने लागेर राजीनामा दिएको जनाइए पनि कारण अर्कै हुनसक्ने बताइएको छ ।






