बुटवल,२७ बैशाख ।
विश्व शान्तिकाे कामना गर्दै पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ गट्ठाघर डाँडामा अवस्थित पुरानो सिद्वबाबा मन्दिरमा ४८ मानाकाे राेट चढाउनुका साथै हवनसहित बिशेष पुँजापाठ गरिएको छ ।

बैशाखे पुर्णिामा (चण्डी पुर्णिामा ) काे दिन हिजो साेमबार सिद्वबाबा मन्दिरमा ४८ मानाकाे राेट चढाउनुका साथै हवनसहित बिशेष पुँजापाठ सम्पन्न भएको मन्दिरका पुजारी समेत रहेका स्थानीय बासिन्दा बिराज घर्ती मगरले जानकारी दिए ।

त्यस क्रममा विश्व शान्तिकाे कामना गर्दै ३६ काेटी दिप प्रज्वलन गरिएको पनि उनलेे बताए ।
लम्तरी बाबा,दिपनारायण बाबा,गुरू गाेरखनाथ बाबा,विश्व गुरू गगन ऋषि सिद्वबाबाकाे नाममा ४८ मानाकाे राेट चढाउनुका साथै हवनसहित बिशेष पुँजापाठ गरिएकाे गाेरखनाथ बाबा भक्त माता गाेमा थापा गुरूङले जानकारी दिइन् ।
सिद्वबाबाकाे खास मन्दिर साेही ठाउँमा भए पनि त्यहाँ पुग्ने सडकको अभावमा तल सिद्वार्थ राजमार्गमा स्थानान्तरण गरिएको भन्दै उनलेे सिद्वबाबाकाे खास मन्दिरमा पुजापाठ हुन छाडेकोले अहिले सम्झिएकाे उनको भनाइ ।
भ्रतुहरी ऋषिले तपस्या गरेर सिद्वि प्राप्त गरेको स्थानमा सिद्वबाबा मन्दिर बनेको बुटवलका समाजसेवी रूपसिं थापाले बताए । सिद्वबाबाकाे खास मन्दिरनै गट्ठाघर डाँडामा रहेको भन्दै उनलेे यसको उचित प्रचारप्रसार गरेकोले गरेकोले गर्नुपर्नेमा जाेड दिए ।
सिद्वबाबामा शक्ति रहेको र त्यहाँ पुजापाठ गरी वर मागे पुरा हुने स्थानीयकाे विश्वास छ ।
साेमबारकाे पुजामा लुम्बिनीसहित,गण्डकी र बागमती प्रदेशका भक्तजनहरूकाे सहभागीता रहेको पुजारी घर्ती मगरले जानकारी दिए ।
सिद्वार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ भूतखाेलाबाट ग्राभेल सडकमार्ग हुँदै पुग्नसकिने जंगलको बिच डाँडामा अवस्थित साे स्थान प्राकृतिक एवम् रमणीय रहेको छ ।






