रुकुम पश्चिम,२९ वैशाख ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्लाकाे सानीभेरी गाउँपालिका–१० अमलाटाकुरी स्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक खण्डमा सोमबार दिउँसो लु.प्र ०२००१ च ०१७७ नम्बरको निजी जिप ब्रेक फेल भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–१० का ५० वर्षीय नरबहादुर ओली रहेका छन् ।
दुर्घटनामा परी तीनजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।
घाइते हुनेमा जिप चालक दाङ तुल्सीपुर उपमहानगरपालिका–७ का ४४ लिलमणि भण्डारी, सोही स्थानका ४४ वर्षीया लिला ओली र ५० वर्षीया दुर्गा ओली घाइते भएका छन् ।
घाइतेहरूको चौरजहारी नगर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घाइते सबैको अवस्था गम्भीर रहेको प्रहरी निरीक्षक पाठकले बताए ।
ब्रेक फेल भएर जिप ४०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।









