काठमाडौँ,२८ बैशाख ।
सरकारकाे आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम
प्रतिनिधि सभाबाट बहुमतले पारित गरेको छ । आज बसेकाे प्रतिनिधि सभाको बैठकम सभामुख देवराज घिमिरेले सरकारकाे नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरेका थिए । सभामुख घिमिरेले सरकारकाे नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
यही वैशाख १९ गते नीति तथा कार्यक्रम सदनमा प्रस्तुत भएको थियो । त्यसमा वैशाख २२ देखि २८ गतेसम्म निरन्तर छलफल भएको थियो । छलफलको अन्तिम दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिएका थिए ।
आजको बैठकमा नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो । नीति तथा कार्यक्रममाथि एकल र संयुक्त गरी कूल ३७ वटा संशोधन प्रस्ताव दर्ता भएका थिए । ती सबै अस्वीकार भएका थिए ।






