काठमाडौँ,२८ बैशाख ।
शिव सेना नेपालका अध्यक्ष अनिल बाबा बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौ जिल्ला प्रहरी परिसरको टोलीले बस्नेतलाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
तिनकुने घटनामा बस्नेतको संलग्नता देखिएपछि प्रहरीले खोजी गरिरहेको थियो ।
उनीमाथि राज्यविरुद्धको कसुरमा अनुसन्धान हुने प्रहरीले जनाएको छ ।
गत चैत १५ गते भएको राजावादीहरूको आन्दोलनका क्रममा दुईजनाको मृत्यु भएको थियो भने कैयौं संरचनामा आगजनी तथा ताेडफाेड भएको थियो ।
साे घटनामा संलग्न रहेको आराेपमा आन्दोलनका कमान्डर दुर्गा प्रसाईं,राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रलगायत दर्जनौं राजावादी प्रहरीको हिरासतमा रहेका छन् ।






