बुटवल,२८ बैशाख ।
गाैतम बुद्वकाे जन्मस्थल लुम्बिनीमा एक करोड बजेट खर्चेर २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस मनाउने तयारी भइरहदा गाैतम बुद्वकाे जन्मस्थल लुम्बिनीमा अझै चहलपहल बढ्न सकेको छैन ।
बुद्व जयन्तीको अघिल्लो दिन आइतबार दिउँसोसम्म लुम्बिनी क्षेत्र बिगतको तुलनामा सुनसान देखिएको हो ।
लुम्बिनी बिकास कोषले भाेली बैशाख २९ गते साेमबार २५६९औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस २०८२ मनाउने तयारी गरेको छ ।
कोषका पदाधिकारी तथा कर्मचारीहरूबीच बेमेलका कारण लुम्बिनीको विकास,विस्तार र प्रचारप्रसारमा कमि आउनुकासाथै लुम्बिनी र बुद्ध जयन्तीको महत्त्व उजागर हुननसकेकाे स्थानीयकाे दाबी छ । पछिल्लो समय कोषका उपाध्यक्ष देखि योजनाप्रमुख सम्मका पदाधिकारीवीच लुम्बिनीको बिकासमा नै असर पर्ने गरी बेमेल भएका कारण लुम्बिनीका महत्वपुर्ण काम समेत अन्यौलमा परेकाे उनिहरूकाे भनाइ छ ।
बिगतमा बुद्ध जयन्तीको अवसरमा सरसफाई देखि साजसज्जामा बिशेष ध्यान दिन गरेकोमा यसबर्ष भने अहिलेसम्म आन्तरिक तयारी बाहेक बाहिर देखिने गरी खासै तयारी गरिएको छैन् । लुम्बिनीमा निर्माणाधिन सडक पुर्वाधारदेखि गेटसम्मले लुम्बिनीलाई गिज्याईरहेको छ ।
समग्र लुम्बिनी क्षेत्रको विकास र प्रचारप्रसार गर्ने जिम्मेवारी लिएर आएका कतिपय कर्मचारी आर्थिक अनियमितता अख्तियार र बिशेष अदालत धाउने गरेका छन् भने बेला बेलामा पदाधिकारीहरूसमेत बिवादमा पर्ने गरेका छन् ।
काेषका बर्तमान उपाध्यक्ष डा ल्यारक्याल लामा आफैमा बिवादित पात्र हुन भने अन्य केही पदाधिकारी तथा कर्मचारी समेत अदालत धाउन बाध्य छन् ।
त्यसाे त लुम्बिनीका स्थानीयलाई समेत लुम्बिनी विकास काेषले उपेक्षा गरेको र गुरूयाेजना बिपरितका काम गरेको गरेको
कोषले शनिबार आफु निकटका पत्रकारहरूलाई लुम्बिनीमा डाकेर वैशाख २८ देखि ३० गतेसम्म बिभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने बताएको थियो ।
लुम्बिनीमा आयोजित बुद्व जयन्ती तथा लुम्बिनी दिवसको मुल समारोहमा प्रधानमन्त्री र पर्यटनमन्त्रीलगायतको सहभागीता रहने काेषले जनाएको छ ।
गौतम बुद्धको जन्म २६४९ वर्ष अघि ई.पू.६२३ मा लुम्बिनीको सुन्दर र पवित्र बगैचामा बैशाख शुक्ल पूर्णिमाका दिन भएको थियो । गौतम बुद्धको जन्म, ज्ञान प्राप्ति र निधनको त्रियोग बौद्ध पूर्णिमाकै दिन भएकाले पनि यो दिनलाई विशेष महत्वको रुपमा लिने गरिएको छ ।






