बुटवल,२७ बैशाख ।
विश्व शान्तिकाे कामना गर्दै पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ गट्ठाघर डाँडामा अवस्थित पुरानो सिद्वबाबा मन्दिरमा ४८ मानाकाे राेट चढाउनुका साथै होमसहित बिशेष पुँजापाठ गर्ने तयारी भएको छ ।

बैशाखे पुर्णिामा (चण्डी पुर्णिामा ) काे दिन यही बैशाख २९ गते सिद्वबाबा मन्दिरमा बिशेष पुजाकाे तयारी भइरहेको स्थानीय समेत रहेकी गाेरखनाथ बाबा भक्त माता गाेमा थापा गुरूङले जानकारी दिइन् ।

त्यस अवसरमा लम्तरी बाबा,दिपनारायण बाबा,गुरू गाेरखनाथ बाबा,विश्व गुरू गगन ऋषि,सिद्वबाबाकाे नाममा ४८ मानाकाे राेट चढाउनुका साथै होमसहित बिशेष पुँजापाठ गरिने उनलेे बताइन् ।

त्यस्तै साे अवसरमा विश्व शान्तिकाे कामना गर्दै ३६ काेटी दिप प्रज्वलन गर्ने तयारी भएको माता गाेमाकाे भनाइ छ ।
सिद्वबाबाकाे खास मन्दिर साेही ठाउँमा भए पनि सुविधाको हिसाबले तल सिद्वार्थ राजमार्गमा बनाइएको बुटवलका समाजसेवी रूपसिं थापाले जानकारी दिए ।

भ्रतुहरी ऋषिले तपस्या गरेर सिद्वि प्राप्त गरेको स्थानमा सिद्वबाबा मन्दिर बनेको भन्दै उनलेे सिद्वबाबाकाे खास मन्दिरनै गट्ठाघर डाँडाकाे भएको बताए ।

सिद्वार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं ३ भूतखाेलाबाट ग्राभेल सडकमार्ग हुँदै पुग्नसकिने जंगलको बिच डाँडामा अवस्थित साे स्थान प्राकृतिक एवम् रमणीय रहेको छ ।