बुटवल,२६ बैशाख ।
भारत-पाकिस्तान युद्ध सुरु भएसँगै भारतीय सुरक्षा निकायले नेपाल भारत सीमामा कडाइ गरेको छ ।

सम्भावित युद्धलाई मध्यनजर गरी भारतीय सीमा सुरक्षा बलले भारत प्रवेश गर्नेहरूमाथिकाे चेकजाँचमा थप कडाइ गरेको हो ।

बिगतमा सामान्य चेकजाँच पश्चात प्रवेश पाउने रूपन्देहीको प्रमुख सीमा नाका सुनाैलीलगायतका नाकाहरूमा भारतीय सुरक्षा निकायले चेकजाँचमा कडाइ गरेको छ ।

भारतीय पक्षले भारत प्रवेशमा कडाइ गरेका बेला नेपाली सुरक्षा निकायले पनि सुरक्षा सतर्कता अपनाएको छ ।

सीमा क्षेत्रमा खटिएका ससस्त्र तथा जनपद प्रहरीहरूले शंका लागेका ब्यक्तिहरूलाई परिचयपत्र हेरेर मात्रै नेपाल प्रवेश गर्न दिइएको जानकारी दिए ।

भारत पाकिस्तान युद्व जारी रहदा नेपाल भारत सीमा क्षेत्रकाे सुरक्षा ब्यवस्था बारे जानकारी लिन भैरहवा स्थित जिल्ला प्रशासन कार्यालय रूपन्देही पुगेका संचारकर्मीीहरू प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे क्यालेन्डर बिमाेचन कार्यक्रममा ब्यस्त भएका कारण उनको प्रतिक्रिया लिन सम्भव भएन ।