काठमाडौ,२६ वैशाख ।
देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहे पनि अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल प्रिमनसुनकाे समय भएकाले बादल लाग्ने र पहाडी भूभागका एक दुई स्थानमा आइसोलेटेड रुपमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद गोविन्द झाले जानकारी दिए ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पहाडी तथा हिमाली भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै हिमाली भागका केही स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आज राति पनि मौसमको अवस्था यस्तै नै रहने पूर्वानुमान छ ।
महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ । साथै बंगालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको आंशिक मात्र प्रभाव रहेको छ ।








