बुटवल,२६ बैशाख ।
पाल्पाको तिनाउ गाउँपालिका–३ ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भएर सडकबाट करिब ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा रुपन्देहीको सियारी गाउँपालिका–२ निवासी अन्दाजी २६ वर्षीय प्रभाकर यादव रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका यादवलाई घटनास्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याइएको थियो । अस्पताल ल्याए लगत्तै उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् ।
घटना बिहीबार बेलुकी साढे ६ बजेतिर भएको प्रहरीले जनाएको छ ।







