बुटवल,२५ बैशाख ।
नवलपरासी बर्दघाट सुस्ता पश्चिम स्थित नवलपरासी जिल्ला अदालतमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनियाँ दुई लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगकाे टोलीले नियन्त्रणमा लिएको छ ।
लागू औषध मुद्दाको पुर्पक्षका लागि कारागार कार्यालय नवलपरासीमा रहेका दुई युवाहरूलाई छुटाउन सहजिकरण गर्ने भनि सेवाग्राहीहरूसँग २ लाख घुस रिसवत लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
मुद्दाको पुर्पक्षका लागि थुनामा रहेका दुई युवाहरूलाई छुटाउन सहजिकरण गर्ने भनि थुनामा रहेका दुई युवाका बाबुहरूसँग जनही एक एक लाखका दरले जम्मा २ लाख घुस रिसवत माग गरेको भन्ने सूचनाको आधारमा त्यहाँ पुगेको अख्तियारकाे टोलीले बुधवार साँझ ७ः३० बजेको समयमा निज आरोपित रामलखन बनियाँलाई नियन्त्रणमा लिएको अख्तियारकाे दाबी छ ।
नियन्त्रणमा रहेका बानियाँमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।







