काठमाडौ,२४ बैशाख ।
सडक विभागले एक सब इन्जिनियरलाई पदबाट बर्खास्त गरेको छ ।

बर्खास्त हुनेमा विभागमा कार्यरत सब इन्जिनियर अमोद पौडेल रहेका छन् ।

सडक विभागले बुधबार एक सूचना जारी गरी सडक विभाग पुलमा पदाधिकार रहेका पौडेललाई सेवाबाट हटाइएको जानकारी गराएको हो ।

नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह, हाइवे उपसमूहतर्फ प्रथम श्रेणीका सब इन्जिनियर पौडेललाई निजामती सेवा ऐन २०४९ को दफा ६१ उपदफा (१) काे खण्ड (छ) काे कसुरमा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको विभागले जनाएको छ ।

विभागकाे मिति २०८२ साल बैशाख २२ गतेको निर्णय अनुसार पाैडेललाई सेवाबाट हटाइएको सुचनामा उल्लेख छ ।