काठमाडौँ,२३ बैशाख ।
एमाले नेता प्रदीप नेपालको निधन भएको छ ।

पूर्व शिक्षा मन्त्रीसमेत रहेका नेता नेपालको ७१ वर्षको उमेरमा मंगलबार दिउँसो सवा चार बजे नर्भिक अस्पतालमा निधन भएको हो ।

उनी लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए ।

रोगले शिथिल बनाउँदै लगेपछि उनी राजनीतिबाट निष्क्रिय भएका थिए ।