काठमाडौं,२१ वैशाख ।
काठमाडौंकाे तीनकुने घटनामा संलग्न रहेको आराेपमा पक्राउ परेका राष्ट्र राष्ट्रियता,धर्म संस्कार र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले प्रसाईं क्यान्सर राेगि भएको भन्दै उनको उपचारकाे प्रबन्ध गर्न आदेश दिएको हो ।

प्रसाईंलाे आफु क्यान्सर रोगी भएकोले उपचारका लागि तारेक वा हाजिर जमानीमा छाड्ने आदेशको माग गर्दै दिएको निवेदनमा अदालतले उनको उपचार प्रबन्ध गर्न आदेश दिएको जनाइएको छ ।

उनलाई यसअघि पनि अदालतले उपचारको व्यवस्था गर्न आदेश दिएको थियो । तर, उनी हिरासतमै थिए ।

अदालतले ज्यानसम्बन्धी कसुरमा बयान गर्न बाँकी रहेको भन्दै उनलाई तत्काल तारेक वा हाजिर जमानीमा छाड्न नमिल्ने पनि उल्लेख गरेको छ ।